काठमाडौँ, १८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन देशी तथा विदेशी तत्वहरुले गरेका ६ वटा षड्यन्त्रहरु सार्वजनिक भएको छ ।
विभिन्न षड्यन्त्रहरु रचि पार्टीलाई विभाजनको बाटोमा सम्म पुर्याउने खेल खेल्ने दुई नम्बरी अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेतृत्वहरु रहनुभएको छ । जहाँ आफ्नो डिजाईन नभई देशी तथा विदेशी तत्वहरुको हात रहेको समेत पार्टीका जिम्मेवार नेताहरुले नै आंकलन गरिरहनुभएको छ । प्रधानमन्त्री हटाउन विदेशी खेल हुन सक्ने दोस्रो तहका नेतृत्वले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त समेत गरिसक्नुभएको छ ।
१. भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारतीय मन्त्रीमण्डलका सदस्य या प्रधानमन्त्रीको सल्लाहकार समुहका सदस्यबाट आगमन नगराई ‘रअ’को प्रमुख सामान्त गोयलको आगमन गराउने र तिनीलाई केपी शर्मा ओलीले भेटेर सीमा समस्या, डुबान समस्या, ईपीजीको प्रतिवेदन लगायत नेपालको सार्वभौमसत्ताबारे के सन्देश पठाउनुभयो भन्ने चर्चा गर्नु भन्दा भेटलाई हाम्रो देशको विदेश नीति विरुद्धको भेट भन्ने चर्चा चलाएर ओलीको राष्ट्रवादी छविलाई धमीलाईदिई जनविश्वास गुमाईदिने ।
२. कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव राख्न शुरुमा केपी शर्मा ओली समूह भन्दा माधव नेपाल समूह सक्रिय भई केपी शर्मा ओली समुहले माधव नेपाल समुहलाई विश्वास गर्ने वातावरण बनाउने अन्त्यमा माधव नेपाल समुहले केपी शर्मा ओली समुहलाई धोका दिई प्रचण्ड समूहसँग सम्झौता गर्ने र प्रदेश सरकार ढाली अस्थिरताको झिल्को सल्काउन केपी शर्मा ओली लागेको भनी ढम्फु बजाई नेकपाका कार्यकर्तामा भ्रमको खेती गर्ने ।
३. कार्यकारी अध्यक्षले मन्त्रीमण्डल हेरफेर, संवैधानिक नियुक्ति र राजदूत नियुक्तिका बारेमा बालुवाटारमा प्रधानमन्त्रीसँग पटकपटक छलफल गर्ने तर नाम नदिने अनि प्रधानमन्त्रीले आफ्नै समर्थक (गोकुल बास्कोटा, डा. युवराज खतिवडा र रामविर मानन्धर)ले चलाएको मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्दा प्रधानमन्त्री पार्टी निर्णय विरुद्ध जानुभयो फेरि एकलौटी गर्न लाग्नुभयो भन्ने हल्ला चलायर काममा अवरोध श्रृजना गरी सरकारको कामलाई प्रभावकारी बनाउन नदिने ।
४. कार्यकारी अध्यक्षको नेतृत्वमा ‘रअ’ का प्रमुखसँग होटल सोल्टीको पछाडि पाण्डे थरका मान्छेको घरमा सामुहिक भेटघाट गरि कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर २५% सांसदको हस्ताक्षरमा संसदको विशेष अधिबेशन माग गरि अविश्वासको प्रस्ताव दर्ता गर्ने सरकार ढाल्ने योजना बनाएको ।
५. प्रधानमन्त्रीले पटकपटक छलफलका लागि बालुवाटार आमन्त्रण गर्दा पनि ‘रअ’ का प्रमुख भारत फर्किसके पछि आफ्ना छोरीहरुलाई भारत पठाएर उनीहरु नआउँदासम्म कार्यकारी अध्यक्षले प्रधानमन्त्रीलाई नभेटेको ।
६. प्ररराष्ट मन्त्रीले मलाई ‘मिल्न सक्ने भए यस्तो गाईजात्रा ननिकाल्नुस् मिल्न नसक्ने भए सल्लाह गरेरै तपाईंहरु अलग अलग हुनुस्’ भन्ने सुझाव राख्नुभयो मलाई त उँहाको सुझाव मन पर्यो भनेर अघिल्लो दिन प्रधानमन्त्रीलाई भन्ने अनि भोलिपल्ट खुमलटारमा भेला पारेर प्रधानमन्त्रीले पार्टी फुटाउने कुरा गर्नुभयो भनेर केपी शर्मा ओलीलाई पार्टी एकता विरोधी भनी झुटको खेती गर्ने ।
तपाईंहरुका षड्यन्त्रहरुको दिनप्रतिदिन पर्दाफास हुँदैछ अरु थप षड्यन्त्रको पर्दाफास हुन थाल्यो भने तपाईंहरु जनताबाट धेरैनै नाङ्गीनुहुनेछ । कृपया अब षड्यन्त्र बन्द गर्नुहोस् पार्टी स्थायी कमिटी निर्णयको आधारमा अगाडि बढ्नुहोस् यसैमा तपाईंहरुको हित हुनेछ ।
(राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यको फेसबुकबाट साभार)










प्रतिक्रिया दिनुहोस्