समाचार

हुण्डी कारोबार गर्ने तीन जना पक्राउ



काठमाडौँ, १८ कार्तिक । हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौँको ओमबहालबाट हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरहरुको साथबाट हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।