विश्व

भारतमा थप ३७ हजारमा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, १८ कार्तिक । पछिल्लो २४ घण्टामा ३७ हजार ५९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख ६६ हजार ९१४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७६ लाख १ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार १३९ पुगेको छ ।