विश्व

अष्ट्रियामा बन्दुकधारीको हमलामा दुईको मृत्यु



एजेन्सी, १८ कार्तिक । अष्ट्रियाको राजधानी वियनामा ६ भिन्न स्थानमा थुप्रै बन्दुकधारीले गोलीबारी गरेका छन् ।

गोलीबारी हुँदा कम्तीमा एकको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । अष्ट्रियाको गृह मन्त्रालयले यसलाई एक आतंकवादी हमला बताएको छ र एक हमलाकर्ता मारिएको जानकारी दिएको छ ।

अष्ट्रियाका गृहमन्त्री कार्ल नेहमाले यसलाई आतंकवादी हमला बताएका हुन् । प्रहरीले एक हमलाकर्ताको खोजी जारी भएको बताएको छ । हमलाविरुद्ध सुरक्षा बलको अपरेशन जारी रहेको गृहमन्त्रीले बताएका छन् । घटनास्थलमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ छन् ।