समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, १९ कार्तिक । थप ३३ सय ९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय  २३ जना पुगेको छ ।

नेपालमा आज १३ हजार १ सय ४४ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ३ सय  ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ जार ९ सय ११ जना रहेको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १८७८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

कास्कीका १९८ जना, मोरङका १७२, सुनसरीका १३०, रुपन्देहीका ११०, चितवनका ८८, झापाका ६८, काभ्रेका ६६, नुवाकोटका ६२, मकवानपुरका ४९, बाँकेका ४६, अर्घाखाँचीका २७, तनहुँका २४, स्याङ्जाका २३, धनुषाका २२, बर्दियाका १९, नवलपुर र कैलालीका १८/१८ जना, दोलखाका १६, पाँतथर, धादिङ, गोरखा र म्याग्दीका १५/१५ जना, सिन्धुपाल्चोकका १४, उदयपुर, बारा र सिन्धुलीका १३/१३ जना तथा रौतहट र पाल्पाका १२/१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरी र नवलपरासीका १०/१० जना, महोत्तरी, रामेछाप र प्युठानका ९/९ जना, सिराहा र दाङका ८/८ जना, लमजुङका ७, कपिलवस्तु, दैलेख रुकुम पश्चिम र बझाङका ६/६ जना, बैतडीका ५, धनकुटा, सर्लाही र जुम्लाका ४/४ जना, पर्वत र डडेलधुराका ३/३ जना, भोजपुर, पर्सा, बाग्लुङ, गुल्मी, कालीकोट, सुर्खेत, अछाम र डडेलधुराका २/२ जना तथा इलाम, खोटाङ, ताप्लेजुङ, रसुवा, कञ्चनपुर र दार्चुलाका १/१ जना छन् ।

मन्त्रालयका अनुसार आज ३८ सय ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ जना रहेको छ । आज ३० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ३४ जना पुगेको छ ।