काठमाडौँ, २० कार्तिक । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार स्थानीय वायुको प्रभावले देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने भएको छ ।
अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा जनाइएको छ । आज हिजोको तुलनामा बादल कम र घाम बढी लाग्नेछ । काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्