विश्व

अमेरिकामा एकैदिन १ लाख बढीमा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, २० कार्तिक । अमेरिकामा राष्ट्रपतीय चुनावको मतपरिणामा सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ एकैदिन अहिलेसम्मकै धेरै १ लाखभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९७ लाख ९४ हजार ७४१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ८२ हजार ४९९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३२ लाख ७२ हजार ४६२ जनामध्ये १७ हजार ९०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १५२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ७८० पुगेको छ ।