काठमाडौँ, २० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।
बुधबार नेपाल आउनुभएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्