अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २१ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।