राजनीति

साउदीमा १२१७ नेपालीले पाए बहिर्गमन भिसा



काठमाडौँ, २१ कार्तिक । साउदीस्थित नेपाली दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएका थप १७ नेपालीले बहिर्गमन भिसा पाएका छन् । योसँगै साउदीमा आवेदन दिएकामध्ये अहिलेसम्म १२ सय १७ नेपालीले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्ना कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र ९अकामा० नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्दै आएको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा जारी भएकाहरुले भिसा जारी भएको मितिले ६० दिन भित्र साउदी अरब छाडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्न पनि नेपाली दूतावासले अनुरोध गरेको छ ।