काठमाडौँ, २२ कार्तिक । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवनको कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० मा ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ का पुरुष छन् । अस्पतालका अनुसार कार्तिक १४ गते प्रेसर र मिर्गौलाको समस्या भई अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कार्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज राति साढे १ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।
यता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो । कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कार्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्