काठमाडौँ, २३ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसमा सांसद गोकुल बाँस्कोटाले वर्तमान अवस्थाको विवाद समाधान गर्न पार्टी सचिवालयमा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता हुने गरी पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले पुराना नेताहरुकैै बाहुल्यता हुने गरी सचिवालय पुनर्गठन गर्नुको कुनै अर्थ नहुने भन्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी कम्तिको दुई कार्यकालसम्मको झन्झटलाई हटाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभएको छ, ‘नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपस्ताका नेताहरुको वाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरुगरौं । कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम ।’










प्रतिक्रिया दिनुहोस्