विश्व

विश्वमा कोरोना संक्रमितको संख्या साढे ५ करोड नाघ्यो



काठमाडौँ, २४ कार्तिक । विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या जम्मा संख्या पाँच करोड ७१ लाख नाघेको छ। तीमध्ये तीक करोड ५६ लाख ८१ हजार जना निको भएका छन ।

पछिल्लो समय संक्रमितहरु मध्ये १२ लाख ६१ हजार ६७६ जनाको मृत्यु भएको छ । गएको २४ घन्टामा पाँच हजार ७६२ जनाको मृत्यु भएको छ । अघिल्लो दिन शनिबार विश्वभर सात हजार ४४४ जनाको मृत्यु भएको थियो ।

अहिले विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख ७६ हजारभन्दा बढी छ ।