एजेन्सी, २५ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन ।
उनले ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन ।
नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बीबीसीको खबरमा उल्लेख छ । एस्परलाई निष्कासित गरिएकोबारे कारण भने खुलाइएको छैन ।
पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन ।










प्रतिक्रिया दिनुहोस्