एजेन्सी, २६ कार्तिक । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५३२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण बेलायतमा ४९ हजार ७७० जनाको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ ।
यसैगरी २४ घण्टाभित्र २० हजार ४१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १२ लाख ३३ हजार ७७५ जना पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३६६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार २६८ जनालाई उपचारार्थ भेन्टिलेटर बेडमा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १३ हजार ६१७ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्