समाचार

आजको मौसम



काठमाडौँ, २७ कार्तिक । आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश नम्बर एक, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ । बाँकी ठाउँमा दिउँसो सामान्यतया मौसम सफा नै रहने छ ।

त्यस्तै आज राति पनि वाग्मती र प्रदेश एकको केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आज बिहान काठमाण्डौको तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।