काठमाडौँ, २७ कार्तिक । प्रभु बैंकले चालु आर्थिक वर्ष (०७६/७७) को प्रथम त्रैमासमा ८५ करोडभन्दा माथि मुनानाफा आर्जन गरेको छ । प्रथम त्रैमासको अपरिस्कृत विवरणअनुसार बैंकले ८५ करोड १४ हजार खुद मुनाफा आर्जन गरेको छ ।
बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३५.२५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ करोड ८४ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ५६ लाख २८ हजार छ । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धिसँगै कमिसन आम्दानी वृद्धि भएको र सम्भावित कर्जा नोक्सानीका लागि प्रोभिजन घटाउँदा बैंकको सञ्चालन मुनाफा र खुद मुनाफा बढेको छ ।
पहिलो त्रैमासमा बैंकले एक अर्ब ६९ करोड ३९ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा २०.४१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ४० करोड ६८ लाख ४० हजार खुद ब्याज आम्दानी गरेको थियो ।कको निष्क्रिय कर्जा घट्दा सम्भावित कर्जा जोखिमबापतको व्यवस्थाका लागि गरेको प्रोभिजन घटेको छ । गत आवको पहिलो त्रैमासमा १२ करोड ४९ लाख ८० हजार प्रोभिजन गरेको बैंकले यो आवको सोही अवधिमा ८ करोड ६२ लाख ७२ हजार मात्रै प्रोभिजन गरेको छ । यस्तै बैंकले असोज मसान्तसम्ममा एक अर्ब २५ करोड १७ लाख ०४ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ८९ करोड ९ लाख ६६ हजार रहेको थियो ।
१० अर्ब ३१ करोड ५५ लाख ०७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ३० करोड ४६ लाख १२ हजार र सञ्चित कोषमा १ अर्ब ४० करोड १ लाख ३६ हजार रहेको छ । बैंकले असोज मसान्तमा एक खर्ब ३३ अर्ब २९ करोड २५ लाख १५ हजार निक्षेप संकलन गरेर एक खर्ब १६ अर्ब ६ करोड ७० लाख ७४ हजार कर्जा लगानी गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा बैंकले एक खर्ब २८ अर्ब ७४ करोड ७ लाख ७१ हजार निक्षेप संकलन गरेर ९९ अर्ब ४१ करोड ३८ लाख १७ हजार कर्जा लगानी गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा घटेर २.६७ प्रतिशमा कायम भएको छ । गत वर्ष बैंकको निष्क्रिय कर्जा ३.३२ प्रतिशत थियो । बैंकको पुँजीकोष अनुपात ११.६३ प्रतिशत छ । त्यस्तै कोषको लागत ६.८९ प्रतिशत, आधार ब्याजदर ७.३९ प्रतिशत र ब्याजदर अन्तर ४.३७ प्रतिशत छ । बैंकको सीसीडी रेसियो ७२.७९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसामा छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ७.२२ गुणा छ ।










प्रतिक्रिया दिनुहोस्