काठमाडौँ, २७ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९७३ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२८ महिला र ५४५ पुरुष रहेका छन् । जसमध्ये काठमाडौँका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् ।
काठमाडौँमा मात्र हालसम्म १७ हजार ४५ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २९३ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २९२ जना सक्रिय संक्रमित रहेका छन् भने ७५ जनाको मृत्यु भएको छ ।
ललितपुरमा दुई हजार ५१२ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा ११ हजार ३९३ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार १४ र ललितपुरमा एक हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्