काठमाडौँ, २८ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार भएको छलफलमा देशकै महत्वपूर्ण राजमार्गको नारायणगढ–बुटवल खण्ड तोकिएकै समयमा सम्पन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले सम्बन्धित आयोजना हेर्ने अधिकारीलाई विश्वासनीय कार्ययोजना बनाएर आयोजनालाई गति दिन निर्देशन दिनु भयो ।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपालप्रसाद सिग्देल, ए.डी.बी. का आयोजना निर्देशक दिपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्