काठमाडौँ, २८ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले बैठक आह्वान गर्नुभएको हो । शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा दिउँसो ४ बजे सो बैठक बस्न लागेको हो ।
यसअघि नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक माग गर्दै आउनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्