काठमाडौँ, २९ कार्तिक । हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशको पहाडी भूभागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्