काठमाडौ, २९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो समयको व्यवहारले गर्दा पार्टी एकतामा संकट पैदा भएको बताउनुभएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध गुटगत भेला गरी पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित हिजो वालुवाटारमा बसेको सचिवालय बैठकमा एकल प्रस्ताव लगि प्रथम अध्यक्षविरुद्धमा संगिन आरोपले पार्टी एकतामा गम्भिर संकट पैदा भएको सिंगो पार्टी पंतिलाई अनुभुति भइरहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।
नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डले प्रथम अध्यक्षविरुद्धमा लगाईएको संगिन आरोपसहितको उक्त प्रस्ताव फिर्ता लिई पार्टी एकतालाई जोगाउन समेत हार्दिक आग्रह गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’










प्रतिक्रिया दिनुहोस्