राजनीति

बास्कोटाको आरोपःपार्टी एकता जीवन्त राख्ने सम्पूर्ण आधारहरु समाप्त



काठमाडौ,२९ कार्तिक । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता जीवन्त राख्ने सम्पूर्ण आधारहरु समाप्त पार्नुभएको आरोप लगाउनुभएको छ ।

पार्टीभित्र आफ्नै सरकारको प्रतिपक्षी दलको रुपमा काम गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अप्रमाणीत कुराहरु आरोप लगाई जनतामा समत भ्रम छर्ने कार्य गरेको भन्दै बाँस्कोटाले कडा रुपमा आपत्ती जनाउनुभयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका सांसद बाँस्कोटाले अध्यक्ष प्रचण्डद्वारा पार्टी एकता जीवन्त राख्ने वा गंभिर सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रुपमै समाप्त पारेजस्तो अनुभूति भएको उल्लेख गर्नभयो ।

नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकलैटी रुपमा प्रस्तुत गर्नुभएको प्रतिवेदन वा प्रस्तावले गंभिर संकट पैदा गरेको उल्लेख गर्दै उहाँले उक्त प्रस्ताव फिर्ता लिने वा गंभिर तनावको यात्रा रोज्ने मर्जी आफ्नै हो भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले सामाजिक संजालमा भन्नुभएको छ, ‘अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो। फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्नेरुमर्जी आफ्नै त हो ?