काटमाडौँ, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा. गोविन्द केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गर्नुभएको छ ।
आफ्नो ट्वीटरबाट डा। केसीको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री अोलीले डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराउनु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।’
शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । डा। केसीमा समान्य रुघाखोकी र ज्वरो आएको छ भने स्वासप्रश्वासमा समस्या देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्