काठमाडौँ, २९ कार्तिक । नेपालमा थप दुई जना कोरोना संक्रमित मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं। ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनलाई यही कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कार्तिक २४ गते राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।
शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएर उनी आज बिहान करिब ४ बजे बेहोस भएका थिए । २५ मिनेटसम्म छाती थिचेर ब्युँताउने प्रयास ९सीपीआर० गर्दा पनि नसकिएपछि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको मृत्यु भएको छ । बराह–५ सुनसरीकी १९ वर्षीया महिलाको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए ।
उनलाई यही कात्तिक २८ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्