समाचार

एक महिलामाथि एसिड प्रहार



जनकपुरधाम, २९ कार्तिक । जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ ।

आज विहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा २६ वर्षीया आरती साह माईतीमा बसेको बेला एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ ।

आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा लिई अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।