परासी, ३० कार्तिक । नवलपरासीको सुस्ता गाउँपालिका वडा नं। ४ मा भएको पुजारी हत्या प्रकरणमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
स्थानीय एक मन्दिरमा पुजारीको काम गर्ने ७२ वर्षका महगु केबट मन्दिर नजिकै नारायणी नदी किनारमा कार्तिक ९ गते मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा पुजारीको भारत महाराजगन्जका २१ वर्षका धनन्जय मौर्यले हत्या गरेको खुलासा भएको पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । पक्राउ परेका मौयले पुजारीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मौर्यलाई जिल्लाको प्रातपपुर गाउँपालिका ६ कठहवाबाट पक्राउ गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्