तनहुँ, ३० कार्तिक । १५ जुवाडेलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितमा उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको अबस्थामा जुवा (कौडा) र नगद तीन लाख पचहत्तर हजार छ सय तीस रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्ग बहादुर गुरुङ, चन्द्र बहादुर शाही, सुमन खनाल, रामु मल्ल, हरी खडका, राम गुरुङ, आस कुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णु बहादुर भण्डारी, शिव कुमार श्रेष्ठ र पुरन गुरुङ रहेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्