समाचार

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु



दाङ, ३० कार्तिक । दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका- १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो ।

ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्याहएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काकाले जानकारी दिए । अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको खड्काले बताए । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।