उदयपुर, ३० कार्तिक । उदयपुरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ४७ हजार नगद र तीन लाखको चेकसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति त्रियुगा नगरपालिका १० को करमगाछीमा प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अबस्थामा सोही नगरपालिकाका प्रेम भट्टराई, ईश्वर खड्का, गाईघाट बजारका मन्दिप राई, राजनकुमार राउत, त्रियुगा १२ गाईघाट बजारका बलबहादुर कार्की रहेका छन् ।
त्यसैगरी पक्राउ पर्नेमा त्रियुगा १ का नवीन राई, त्रियुगा ८ का पुरुषोत्तम कार्की, त्रियुगा ११ का मेखबहादुर राई र त्रियुगा नगरपालिका ३ का सुनिल चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक बुक तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तीन थान सुनको औँठी फेला परेको छ ।
यसैगरी कृषि विकास बैंकको एक लाखको चेक, नबिल बैंकको दुई लाख दश हजारको चेक र नगद दुई लाख ४७ हजार एक सय १७ रुपैयाँ फेला परेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्