राजनीति

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल सम्पन्न



काठमाडौँ, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष बामदेव गौतमबीच पछिल्लो समय पार्टीमा देखिएको विवादका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग आइतबार बिहान छलफल गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाभित्र सतहमै देखिएको विवादको समाधानबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष गौतमबीच छलफल भएको हो ।

अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा झण्डै एक घण्टा छलफल चलेको बताइएको छ । छलफलमा अर्थमन्त्री एवं पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

सो क्रममा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णय निर्णय मान्नेबित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक दस्तावेज स्वतः फिर्ता हुने वा आफै गौण हुने उपाध्यक्ष गौतमले सुझाव दिनुभयो ।