Banner News

थप ११९७ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख १० हजार नाघ्यो



काठमाडौँ, १ मंसिर । थप ११ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ७९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २९ सय ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय ३० जना पुगेको छ ।