Banner News

एउटै डुंगामा छौं, भोली कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ: मन्त्री ज्ञवाली



काठमाडौँ, २ मंसिर । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता अप्ट्यारोमा रहेको उल्लेख गर्दै पार्टी एकताको रक्षा गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।

पार्टीभित्रका संकटहरुको समाधान भई संकटका बादलहरु हटेर जानेमा विश्वास व्यक्त गर्दै मन्त्री ज्ञवालीले नीतिगत वहस गर्न आग्रह गर्नुभयो । पछिल्लो समयमा एकले अर्कालाई आक्षेप लगाई समस्याको समाधान नहुने भन्दै मन्त्री ज्ञवालीले पुष्टि गर्न नसकिने आरोप प्रत्यारोप नगर्न अपिल गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभयो, ‘पार्टी एकता अप्ठ्यारोमा छ । तर एकताको रक्षा प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, पुष्टि गर्न नसकिने आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोली कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ । आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ ।’