काठमाडौँ, २ मंसिर । काठमाडौँ चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
सोमबार साँझ साढे ६ बजे बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित टहरा घरमा जबरजस्ती करणी गरेका आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटना भएको केही समयमै ताजाकोट गाँउपालिका-२ घर भई सोही ठाउँ बस्ने सुरेश लोहारलाई पक्राउ गरेको हो ।उनीहरू छिमेकी हुन् । उक्त घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्