काठमाडौँ, ३ मंसिर । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेतृत्वको विवाद सैद्धान्तिक नभई सत्ता स्वार्थ भएको आम नेकपाका कार्यकर्ताको बुझाइरहेको छ । स्वार्थको गुटबन्दीले गर्दा पार्टी नै फुटको संघारमा पुगेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको गुटगत शैलीलाई घ्युमा आगो लगाउने काम वरिष्ठ नेता तथा दोस्रो तहका केही नेतृत्व भनाउँदाहरुले समेत गरेको आम बुज्रुक नेकपाका कार्यकताको धारणा रहेको पाइएको छ । त्यसो त दोस्रो तहकै नेतृत्वहरु पार्टी एकतालाई जोगाउन समेत दौडधुप गरिरहेका पनि छन् । यद्यपी पार्टी जोगाउन दौडधुप गर्ने दोस्रो तहका नेतृत्व भन्दा बलेको आगोमा घ्यु थप्ने नेताले गर्दा पार्टीमा संकट उत्पन्न भएको छ ।
नेकपाको विवादको मुख्य भूमिका निर्वाह गर्ने मध्येमा उपाध्यक्ष बामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको मुख्य भूमिका रहेको निकट स्रोतले जनाएको छ । पदलोप तथा व्यक्तिगत स्वार्थका कारण दुई नेताले गर्दा पार्टीभित्र चरम गुटबन्दी भइरहेको स्रोतले बताएको छ । हुनपनि हो, पार्टीका प्रवक्ता नै प्रतिपक्षी दलको प्रवक्ता जस्तो अभिव्यक्ति दिनुहुन्छ । अनि भन्नुहुन्छ, यो मेरो नीजि विचार हो । आफ्नै पार्टीको सरकारलाई नङ्झार बनाउन खोज्ने अनि नीजि विचार भन्ने ? कस्तो राजनीतिक परम्पराबाट आउनुभएको भन्ने प्रष्ट हुन्छ । पार्टी तथा सरकारविरुद्ध बोल्ने अभि नीजि विचार भन्ने पनि पार्टीको प्रवक्ता हुन्छ ? नीजि विचार राख्ने हो भने पार्टीको प्रवक्ताबाट राजिनामा दिए हुँदैन र ?
त्यस्तै उपाध्यक्ष गौतमको पनि हालत उस्तै छ । को सँग कहिले कसरी, के विषयमा भेटवार्त भयो ? भन्ने कुरामा आन्तरिक कुरा गोप्य राख्नुभन्दा पनि प्रेस सल्लाहकारको नाममा भए नभएका कुराहरु पत्रकारलाई दिई एकतालाई जोगाई राख्ने भन्दा पनि नेतृत्वमा तिक्ता पैदा गरिदिने प्रकारका गतिविधिहरु गरिरहनुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ । उहाँको पछिल्लो व्यवहार पार्टीको उपाध्यक्ष भन्दा पनि प्रचण्डको प्रवक्ता जस्तो देखिएको कार्यकर्ताले आक्रोस व्यक्त गर्न थालेका छन् ।
नाम नखुलाउने सर्तमा नेकपाका वौद्धिक व्यक्ति तथा समाजसेवीले भन्नुभयो, ‘नेताको लय टिपेर सोहीसोहिला गर्नुपर्ने कार्यकर्ताको वाध्यता नै हो त रु दूरगामी प्रभावको विश्लेषण खोइ रु स्टाटस हेर्छु, ठ्याक्कै कुन कित्ताको हो भन्ने बुझिन्छ, बौद्धिक मानिएका केही मित्रले त यो बेला खबरदारी पो गर्ने होला नि रु अहिले देखिएका समस्याको समाधान एकीकृत महाधिवेशन मात्र हो, अध्यक्षका आकांक्षी नेताज्यू, अध्यक्ष चुनिन गुटको दौराको फेरो समाएर हुन्न, प्रधानमन्त्रीज्यूको कार्यकारी अधिकारलाई कुण्ठित बनाएर प्रधानमन्त्रीले केही गर्न सकेनन् भनेर पुष्टि गरेर हुन्न, मेची महाकाली पुगेर कार्यकर्ताको मन जित्न सक्नुपर्छ । गुटका आफूलाई दोस्रो पुस्ताको उदयीमान भनिएका बामदेव कमरेड र नारायणकाजी कमरेड होस् पुर्याउनुहोस, कान्ला मुनि लुकेर ढुङ्गा हान्न खोज्दा ढुङ्गो बत्तिएर कतै तपाईंहरुको खप्परमा नबज्रीयोस् र संधैको लागि दाग नबनोस । जनता निरीह छन, कुरो बुझ्दैनन भन्ने लाग्या होला, सबै नेताको एक एक हिसावकिताव राखेका छन्, समयमा प्रकट हुनेछन् ।’
नाम नखुलाउने सर्तमा नै त्यस्तै नेकपाकै एक कानुनविद् भन्नुहुन्छ, ‘अध्यक्षद्वय मिल्नुको विकल्प छैन । नेकपालाई फुट्ने व्यवस्था नै छैन । कुनै पनि निर्णय गर्दा अध्यक्षद्वयको सहमति तथा हस्ताक्षरमा हुनुपर्छ भन्ने नेकपाको विधानमा स्पष्ट उल्लेख भएको छ । जसले गर्दा अल्पमत वा बहुमतको कुरा चल्दैन । यदी अध्यक्षद्वय दुई बाटोमा लाग्ने निर्णय गर्नुभयो भने पार्टी फुट्ने हैन, एकता भंग हुनसक्छ । यो नेकपाको विधानको बैधानीकतामा पर्छ ।’
पार्टीमा गंभिर संकट आएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका योगेश भट्टराईले सर्वाधिक कठिन समय आएको भन्दै आफ्नो सामाजिक आज सञ्जालमा लेख्नुभएको छ ।
त्यस्तै नेकपाका गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले भन्नुभएको छ, ‘आवेग र उत्तेजनामा आएर होईन, संयमता र धैर्यताका साथ अगाडि बढौं । बोल्न र लेख्न पाईयो भनेर जिम्मेवारी नबिर्सौं । भोली आफै माथि ती कुरा पासो नहुन ।।’
प्रतिक्रिया दिनुहोस्