काठमाडौँ, ३ मंसिर । आज देशभर कुनै पनि मौसम प्रणाली सक्रिय नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू–भागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने भएको छ । विभागले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।
त्यस्तै आज प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको भू–भाग, बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्