विश्व

विश्वमा एकै दिन ४ लाख ५६ हजार बढीमा कोरोना पुष्टि



एजेन्सी, ३ मंसिर । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ५६ हजार ७५१ जनामा कोरोना पुष्टि भएक छ ।

विश्व स्वाथ्य संगठनका अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख २४ हजार २४९ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।