राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज १ बजे नै मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । नेकपा सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकको समय जुधेपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल भएको छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेल मन्त्रिपरिषदमा समेत हुनुहुन्छ ।

ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा छ । प्रचण्ड–माधव नेपाल पक्ष भने बैठक जसरी भए पनि बसाल्ने तयारीमा छ ।