काठमाडौँ, ४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिमेकी मुलुक चीनको संकेतबाट जुट्ने र भारतको सक्रियताबाट फट्ने भन्ने कुरा कुनै पनि हालतमा लागु हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।
नेकपाभित्र गुट र उपगुटका कारण विवाद चरम उत्कर्षमा पुगेको सन्दर्भलाई कोट्याउँदै नेकपाको स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री भट्टराईले नेकपा तीनको संकतमा मिल्ने तथा भारतको सक्रियतामा फुट्ने भन्ने मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी भएको उल्लेख गर्नुभयो ।
नेकपा नेपाली जनताको पार्टी भएको उल्लेख गर्दै उहाँले नेकपाको विकास र विस्तारमा कुनै प्रकारको आयातित मल, विउ तथा प्रविधिको प्रयोग नगरिएको बताउनुभयो । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी भएको बताउँदै उहाँले नेकपाको विकास वा बिनास यसैभित्र अन्तरनिहित रहेको दावी गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा । यसको विकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको विकास वा बिनास यसैभित्र अन्तरनिहित छ । ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा विभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।
यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन् । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा
पानी कि पेट्रोल ?
पेट्रोलले उर्जा
पानीले उर्जा र जीवन
नेपालमा पानीका मुहान सुकेका छैनन् !’










प्रतिक्रिया दिनुहोस्