एजेन्सी, ४ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३६ हजार २२४ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २२० कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ३३ हजार ७४२ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।










प्रतिक्रिया दिनुहोस्