विश्व

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १० लाख नाघ्यो



एजेन्सी, ४ मंसिर अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५१ हजार २६६ जना संक्रमित थपिएसगै हालसम्म अमेरिकामा १ करोड १० लाख ८५ हजार १८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ७५३ संक्रमितको मृत्यु भएसगै अमेरिकामा हालसम्म २ लाख ४५ हजार १६४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यसैबीच, कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ भने हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको तथ्यांकमा उल्लेख छ ।