राजनीति

सूर्यविनायक नगरपालिकाद्वारा हप्तामा तीन दिन स्वाव संकलन गर्ने



भक्तपुर, ४ मंसिर । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले आक्रान्त तथा जनतामा त्रास बढिरहेको समयमा जिल्लाको सूर्यविनायक नगरपालिकाले भने संक्रमण रोक्न तथा नियन्त्रणमा लिनको लागि पलपलमा एक पछि अर्को गर्दै समयसापेक्ष निर्णय गर्दै अगाडी वढिरहेको ।

विगतमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि घुम्ती शिविर संचालन गरी नेपालकै उदाहरणीय कार्य गरिरहेको सूर्यविनायक नगरपालिकाले आज नगरपालिकाभित्र तीन दिन निशुल्क पीसीआर परिक्षण गर्ने निर्णय गरेको छ । सोही निर्णयलाई निरन्तरता दिन नगरपालिकाले आगामी समयमा हप्ताको तीन दिने समय र ठाउँ तोकी सोही स्थानमा मात्र हुने आम नगरमा वसोवास गर्ने नागरिकलाई जानकारी गराएको छ ।

नगरप्रमुख बाशुदेव थापाको अध्यक्षतामा बसेको बैठकले वडा नं. १, २, ३ र ४ मा दक्षिणवाराही दधिकोटमा प्रत्येक सोमवार ११ः३० देखी १ बजेसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै वडा नं. ५, ६ र ७ का नागरिकको लागि हात्तीगौंडा (छेडो)मा बुधवार ११ः३० बजे देखी १ बजेसम्म र ८ ९ र १० वडाको जगातीको निर्माणाधिन कोभिड अस्पतालमा शुक्रवार गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले हालसम्म ७ हजार ५५ जनाको कन्ट्रयाक ट्रेसिङ गरेको छ भने हालसम्म ८ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै हालसम्म मृत्युदर ०.४९ प्रतिशत रहेको नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले जानकारी दिनुभयो ।