काठमाडौँ, ४ मंसिर । थप २१ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २८ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय ७६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्