विश्व

विश्वमा एकै दिन ५ लाख ९४ हजारमा कोरोना पुष्टि



काठमाडौँ, ५ मंसिर । विश्वमा पछिल्लो २४ घण्टामा ५ लाख ९४ हजार ५४२ जना कोरोना संक्रमित थपिएसगै हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५९ लाख २८ हजार ३२७ पुगेको विश्व स्वाथ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ९८९ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ४४ हजार ३ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।