काठमाडौँ, ५ मंसिर । अमेरिकामा २४ घण्टामा मात्रै १ लाख ६४ हजार ४४ जना संक्रमित थपिएसगै हालसम्म १ करोड १२ लाख ४९ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।
तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ४६ हजार ७४६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५८२ संक्रमितको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्