समाचार

हिरासतमा रहेका थुनुवाद्वारा आत्महत्या



बाँके, मंसिर ५ । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा बिहीबार राती एक थुनुवा मृत अवस्थामा भेटिएका छन् ।

बालक अपहरण तथा हत्या आरोपमा पक्राउ परेका एक जना थुनुवा राती हिरासत कक्षभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला पर्नेमा बाँके डुडुवा गाउँपालिकाका बावुलाल रैदास रहेको जिल्ला प्रहरी कार्यालय बाँके स्रोतले जनाएको छ । उनी राती नै हिरासत कक्षभित्रै झुण्डीएको अवस्थामा फेला परेका थिए । शुक्रबार बिहान मात्र हिरासत कक्षमा झुण्डीएको अवस्थामा रैदास फेला परेको बाँके प्रहरीले जनाएको छ ।

रैदासले जाडोमा ओड्ने कपडालाई पासोको रुपमा प्रयोग गरी अरु सँगै रहेका थुनुवा सुतेको मौका पारी घाँटीमा पासो लगाएर पंखामा झुण्डीएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । रासस