राजनीति

अध्यक्ष प्रचण्ड सहभागी हुने गृह जिल्लाको दुईवटा कार्यक्रममा रोक



चितवन, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड सहभागि हुने दुईवटा पूर्व निर्धारित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।

अध्यक्ष प्रचण्ड सहभागी हुने गरि तय भएका दुईवटा पूर्व निर्धारित कार्यक्रम प्रशासनले नगर्न भनेपछि रद्द भएका हुन । प्रचण्डले पुल्चोक भरतपुर गोमरेङ सडक र बहुप्रतिक्षित सिटी हल शिलन्यास गर्ने कार्यक्रम थियो ।

बुधबारका लागि कार्यक्रम गर्न भरतपुर महानगरपालिकाले सबै तयारी पुरा गरेपनि प्रशासनले कार्यक्रम नगर्न भनेपछि पूर्वनिर्धारित दुईवटै कार्यक्रम रद्द भएको स्रोतको दाबी छ । तर प्रचण्डको निर्वाचन क्षेत्र हेर्न स्वकिय सचिव निशा अधिकारीले अध्यक्ष प्रचण्डको व्यस्तताका कारण कार्यक्रमको मिति हेरफेर गर्न तयारी भएपनि प्रचण्डलाई चितवन जान कसैले रोक्न नसक्ने भनाई छ ।

प्रचण्डका दुईवटै कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम हुन कारण देखाउदैं प्रशासनले रोक लगाएको स्रोतको दाबी छ । तर चितवनमा प्रचण्ड सहभागि हुने कार्यक्रममा रोक प्रशासनले रोक लगाएपछि प्रचण्ड निकट एक नेताले भने सरकारले प्रचण्ड पक्षका नेतालाई जनताका बीचमा जानबाट समेत निषेध गर्न खोजेको टिप्पणी गरेका छन् ।

चितवनमा नेकपा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेलाई कार्यक्रममा चलिरहेकै बेला आफ्नै कार्यकताले लखेटेका थिए । त्यसपछि पाण्डेले पुनः पोखरामा पुगी गुटको भेला तथा पार्टींलाइ फुटाउने गरी अभिव्यक्ति दिँदै हिडेका थिए ।