समाचार

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु



पाल्पा, ८ मंसिर । पाल्पाको रामपुर नगरपालिका–७, बट्टारमा स्कुटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

गएराति डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिदा स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो ।

उकता घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।