समाचार

थप एक कोरोना संक्रमितको मृत्यु



चितवन, ९ मंसिर । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ ।

मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो ।