एजेन्सी, ९ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ५९ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ५११ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७३८ पुगेको छ ।
भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा तेस्रो स्थानमा छ ।










प्रतिक्रिया दिनुहोस्